+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माधव नेपालको गृहनगरमा एकीकृत समाजवादीले जित्यो मेयर र उपमेयर

अत्रिदेव खबर
२०७९ जेष्ठ ४, बुधबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ।

 

अन्तिम मतपरिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोसपाका अजयकुमार गुप्तालाई हराएका हुन्। साहले ६३८१ मत ल्याउँदा गुप्ताले ३७५५ मत पाए।

उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साहले ४८०९ मतसहित विजयी भएकी छन्। कांग्रेसकी शाहजान खातुनले ३६८५ मत पाइन्।

 

यो पालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ।

२०७४ मा यहाँ मेयर राजपाले जितेको थियो।

२०७९ जेष्ठ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ