+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुटवलमा वम विष्फोट गराएको आरोपमा ३ जना पक्राउ

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ४, बुधबार

स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उप–महानगरपालिकामा वम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । वैशाख २८ मा बुटवलस्थित मिलन चोकमा वम विष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए ।

 

पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक छन् । उनीहरुलाई जेठ १ मा बुटवल उप–महानगरपालिका–१३ नयाँ गाउँ र सैनामैना नगरपालिका–१ बाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

घटनास्थलमा नेकपा माओवादी केन्द्रीय समितीले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ती भेटिएको थियो । वैशाख २८ मा साँझ बुटवल उप–महानगरपालिका वडा नम्बर–९ मिलनचोक स्थित आकाशेपुल मुनि प्रेसर कुकर बम विष्फोट भएको थियो । ‘निर्वाचन बहिष्कार गरौं’ भन्ने पम्प्लेटसहित पक्राउ गरिएका आरोपीहरुलाई प्रहरीले विष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

२०७९ जेष्ठ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर