+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुरमा मतान्तर फराकिलो पार्दै रेनु, १७ सय मतले अगाडि

Bhojpur paani
अत्रिदेव खबर
२०७९ जेष्ठ ४, बुधबार

भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहालले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो पारेकी छन्।

 

उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १७१२ मतले अगाडि छिन्।

२७ हजार ४३८ मत गन्दा रेनुले ९९७० मत पाएकी छन्। यता विजयले ८२५८ मत पाएका छन्।

 

यस्तै बागी उम्मेदवारी दिएर भुँईकटहर चिन्हबाट चुनाव लडेका जगन्नाथ पौडेलले भने ४५०४ मत पाएका छन्।

यता उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ११ हजार ९५६ मत पाएका छन्।

 

यता राप्रपाका हिमाल गुरूङले भने ६७४२ मत पाएका छन्।

योसँगै वडा नम्बर ६ को मतगणना पनि सकिएको छ। यस वडामा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २७३५ मत पाएका छन् भने नेकपा एमालेका २११७ मत पाएका छन्।

 

 

२०७९ जेष्ठ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर