डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीर्घ बलायर विजयी भएका छन्।
उनी ६ हजार ५६२ मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसकै सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याएर विजयी भएकी छिन्।
सुनिता यसअघि पत्रकारिता गर्थिन्। उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन् भने माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै पाएका छन्।
२०७९ जेष्ठ ४, बुधबार