ललितपुरको महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ।
४६९ को मत गन्दा माओवादी केन्द्रका उम्मेदवार शिव कट्टेलले १५७ मत पाएका छन्। यस्तै नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले १४१ मत पाएका छन्।
राप्रपाका उम्मेदवार प्रविण खत्रीले ४९ मत पाएका छन्। एकीकृत समाजवादीका उम्मेदवार नकुल थापाले २६ मत पाए।
उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार बिना सुवेदी केसीले अग्रता लिएकी छन्। उनले १८५ मत पाएकी छन्। यस्तै नेपाली कांग्रेसकी लक्ष्मी महर्जनले १४२ मत पाएकी छन्।
२०७९ बैशाख ३१, शनिबार