+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मतगणनास्थलमै पुगे बालेन शाह

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

काठमाडौं महानगरपालिकामा मतगणना सुरू भएको छ।

 

राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२को मतगणना सुरू भएको हो। मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन शाह आफै पुगेका छन्।

मतगणना भइरहेको स्थानलाई निगरानी गर्दै गरेको देखिन्छ।

 

मेयरका प्रमुख उम्मेदवारहरू मतदानस्थलमा पुगेका छैनन्।

अघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो।

 

पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए।

शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर