+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु, यस्ताे छ प्रारम्भिक रुझान

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

 कैलालीमा चार  स्थानीय तहमा मतगणना सुरु भएको छ। जिल्लाको गोदावरी नगरपालिका, टीकापुर, बर्दगोरिया गाउापालिका र कैलारी गाउँपालिकामा मतगणना सुरु भएको हो। गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन्। उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।

एक सय मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, काँग्रेसका शेरबहादुर कठरियाले २५मत पाएका छन्। उता टीकापुर नगरपालिकामा पनि गणना सुरु भएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर