+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीका चार स्थानीय तहमा मतगणना सुरू, कांग्रेस र एमालेको सुरूआती अग्रता

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

कैलालीका चार स्थानीय तहमा मतगणना सुरू भएको छ।

 

गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी र जोशीपुर गाउँपालिकामा मतगणना सुरु भएको हो।

 

मतगणना भएको दुई स्थानीय तहमा कांग्रेस र एमालेको समान २-२ स्थानमा सुरूआती अग्रता देखिएको छ।

गोदावरी नगरपालिकामा कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

 

गोदावरीमा १३० मतगणना हुँदा कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन्।

 

बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ। यस्तै उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।

१ सय मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, काँग्रेसका शेरबहादुर कठरियाले २५मत प्राप्त गरेका छन्।

 

यस्तै,जोशीपुर गाउँपालिकामा पनि गणना सुरु भएको छ। त्यहाँ केहि विवाद अहिले केहि बेरका लागि मत गणना रोकिएको प्रहरीले जनाएको छ ।

 

यस्तै कैलारीमा गतगणना जारी छ । मतपरिणाम भने आएको छैन।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर