+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अछाममा गठबन्धन र एमालेबीच झडप, मतदान अवरुद्ध

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३०, शुक्रबार

अछाममा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ। जिल्लाको साफेबगर नगपालिका–१३ स्थित बाब्लामा झडप भएको हो।

झडप भएपछि मतदान स्थगित गरिएको छ। मतदान जारी रहेकै बेला दुई पक्षबीच झडप भएपछि मतदान स्थगित गरिएको हो। बाब्लामा एमाले र माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई समूहबीच झडप भएपछि मतदान स्थगित भएको जानकारी दिए। शाहीले अहिले मतदानस्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताए।

२०७९ बैशाख ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर