+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जित र हार निर्वाचनको स्वाभाविक प्रक्रिया हो- प्रचण्ड

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख ३०, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

 

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे।

निर्वाचनबारे सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छ। यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो।’

 

उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ। मेयर उम्मेदवार रेणुले पनि पुलिस स्कुलबाट मतदान गरेकी छन्।

प्रचण्डले अहिले भरतपुर-१४ शिवनगरस्थित प्रचण्ड टोलमा घर बनाइरहेका छन्। उनी दुई दिन अघिदेखि नै चितवनमा थिए।

 

२०७९ बैशाख ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर