+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रेस पास भएका पत्रकारलाई सवारी अनुमति पत्र आवश्यक नपर्ने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

प्रेस पास भएका पत्रकारलाई सवारी अनुमति पत्र आवश्यक नपर्ने भएको छ।

 

बिहीबार निर्वाचन आयोगले सूचना जारी गर्दै नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीहरूका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको जनाएको हो।

यसैगरी आयोगले प्रेस पास नभएका सञ्चारकर्मीहरूको हकमा सम्बन्धित सञ्चार गृहको आधिकारिक पत्रमार्फत् अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनमुति पत्र जारी गर्न सक्ने बताएको छ।

 

अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई भने सञ्चालनका लागि रोक लगाइएको छ।

यसअघि आयोगले सञ्चारकर्मीहरूले पनि मतदानको दिन छुट्टै सवारी अनुमति पत्र लिनुपर्ने बताएको थियो।

 

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर