+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि मतदातालाई पैसा बाँडेको आरोप

अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मतदातालाई पैसा बाँडेको आरोप लागेको छ।

 

स्वतन्त्र उम्मेदवारका लागि मतदान गर्न भन्दै सीताशरण होटलमा बसेर केही मुस्लिम अगुवाहरूलाई पैसा बाँडेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन्।

 

प्रहरीका अनुसार कोठा नम्बर ३०५ मा मुस्लिम अगुवाहरूसँग अन्सारीले भेटघाट गरिरहँदा एमाले समर्थकले उनले पैसा बाँडेको भन्दै होहल्ला तथा नाराबाजी गरेका थिए।

विवाद चर्किएपछि अन्सारीलाई स्कटिङ गरी काठमाडौं जान एयरपोर्ट पुर्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

अन्सारीले मुस्लिम अगुवालाई प्रभावित गरिरहेको कुरा प्रारम्भिक अनुसन्धानमा सत्य नै देखिएको प्रहरी स्रोतले जानकारी दियो। तर अन्सारीले पैसा बाँडेको हल्ला भने गलत रहेको उनको दाबी छ।

 

‘स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई भोट दिन समिम मियाँले मुस्लिम अगुवाहरूलाई पैसा बाँडिरहेको आशंकामा एमाले समर्थकलेहोटल अगाडि होहल्ला गरिरहेको जानकारी आएपछि हामी त्यहाँ पुग्यौं। तर संवैधानिक निकायका पदाधिकारीलाई उनको साथमा पैसा छ वा छैन चेकजाँच गर्ने अधिकार नभएर सिधा एरपोर्ट पुर्याइदियौं,’ प्रहरी स्रोतले भन्यो

प्रहरीका अनुसार होहल्ला तथा उच्छृंखल गतिविधि गरेको आरोपमा एमाले नेता सुरेन्द्र भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

२०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ