+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्तरी मोरङको मिक्लाजुङमा शंकास्पद वस्तु फेला

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खे भन्ने ठाउँमा बम जस्तो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ।

 

सोही क्षेत्रमा बुधबार राति विष्फोटको आवाज आएपछि स्थानीयवासी आतंकित बनेका छन्।

प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने,‘तर, विकट ठाउँ भएकाले टोली अझै पुगेको छैन। टोली पुगेपछि सबैकुरा थाहा हुनेछ।’

 

शंकास्पद बस्तु भेटिए पनि विस्फोटबारे थाहा नभएको उनले बताए ।

उनले मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको पुष्टि गरे।

 

विष्फोट गराइएको र शंकास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताए। विष्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतंकित भएका छन् ।

 

मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठले राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको जानकारी दिए।

 

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर