+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्यान जोगाउन नौसैनिक ब्यारेक पुगे श्रीलंकाका पूर्वप्रधानमन्त्री राजापाक्षे

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे ज्यान जोगाउन एक नौसैनिक ब्यारेकमा पुगेका छन्।

 

बिबिसीले सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनी उत्तर-पूर्वमा रहेको नौसैनिक ब्यारेक पुगेका हुन्।

उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए। यसअघि उनी दुई पटक श्रीलंकाका राष्ट्रपति बनेका थिए।

 

श्रीलंकामा पछिल्लो समय हिंसात्मक प्रदर्शनहरू तीव्र भइरहेका छन्। स्थिति नियन्त्रणमा लिन सरकारले कर्फ्यू घोषणा गरेको छ भने लुटपाट गर्नेहरूमाथि सिधै गोली हान्ने अधिकारसहित सेनालाई खटाएको छ।

यसका बाबजुद् आगजनी र लुटपाटका घटना रोकिएका छैनन्। प्रदर्शनकारीहरूले राजापाक्षे परिवार र अहिलेको अवस्था आउनमा जिम्मेवार ठानिएका अरू नेताहरूको सम्पत्तिलाई लक्षित गरी आगजनी गरिरहेका छन्।

 

बुधबार राति लगातार दोस्रो रात श्रीलंकामा आगजनी र लुटपाटका घटना भएका छन्।

राष्ट्रपति गोटवाया राजापाक्षेले शान्तिव्यवस्था पुनर्स्थापना गर्ने बताएका छन्। प्रदर्शनकारीहरूले भने उनको राजीनामा मागिरहेका छन्। राजापाक्षेले राजीनामाको मागलाई सुनेको नसुनेझैं गरी आफ्नो केही अधिकार संसदलाई दिने प्रस्ताव गरेका छन्।

 

विदेशी मुद्राको सञ्चिति घटेपछि श्रीलंकाले अहिले विदेशबाट सामान आयात गर्न सकिरहेको छैन। जसका कारण पेट्रोलियम पदार्थदेखि अन्य दैनिक उपभोग्य सामानको हाहाकार भएको छ।

 

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर