+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री देउवाले गन्यापधुराको असिग्राम ‘ख’ केन्द्रबाट मतदान गर्ने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका छन् ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले असिग्राम मावि रुवाखोलाबाट मतदान गर्ने सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिए ।

गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् । यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर