+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेपछि मन्त्री आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियोहरू सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको आदि व्यहोरासहितको उजुरी प्राप्त भएको थियो। आयोगले निर्वाचन आचारसंहिता, २०७८ को विभिन्न दफाविरुद्ध हुने गरी के कसो भएको हो र कारवाही किन गर्नु नपर्ने हो ? भन्ने प्रश्नसहित स्पष्टीकरण मागेको छ।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर