+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

युभेन्ट्सलाई हराउँदै इन्टर मिलान कोपा इटालियाको उपाधि जितेको छ।

 

रोमामा बुधबार राति भएको खेलमा सिरि ए प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो।

इन्टरलाई जिताउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक-एक गोल गरे। युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक-एक गोल गरेका थिए।

 

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई च्याम्पियन बनाएका हुन्।

९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमा गोल गर्दै खेलमा इन्टरमा ३–२ ले अघि बढाए। त्यसको तीन मिनेटपछि पेरिसिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए।

 

त्यसअघि खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १-० ले पछि परेको युभेन्टसले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल थप्दै खेलमा अग्रता लियो।

५०औं मिनेटमा एलेक्स सान्द्रो र ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए। तर ८०औं मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर