+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोटरसाइकल दुर्घटनामा परी धनगढीका मतदान अधिकृत भट्ट घाइते

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

धनगढीका मतदान अधिकृत द्विजराज भट्ट मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से १ प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर