+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२१ जनामा संक्रमण, मतदान गर्न जाँदा जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

आज देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८८ नमूना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १६ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।यस्तै आज ११ हजार ५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ३० गते निर्वाचनका दिन कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भए पनि अत्यावश्यक स्वास्थ्य सेवा यथावत् रुपमा सञ्चालन गर्न सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले कोरोना संक्रमण दर केही न्यून भए पनि जोखिम कायमै रहेकोले मतदान गर्न जाँदा जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सबै मतदाताहरूलाई आग्रह गरिन्।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ