+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्ड र राणालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

अत्रिदेव खबर
३ साल अगाडी

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई स्पष्टीकरण सोधेको छ ।चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दुवै जनालाई स्पष्टीकरण सोधेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

यस्तै नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ