+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २७, मंगलबार

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ।

 

जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो।

 

जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन्।

पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो। जसपाले कांग्रेसलाई उपमेयर छाड्ने गरी चुनावी तालमेल प्रयास गरे पनि सफल हुन नसकेपछि एमालेसँग तालमेल गरेको हो।

 

पालुङटारमा जसपाबाट प्रेमबहादुर गुरूङ मेयर उम्मेदवार छन्। यहाँ एमालेबाट उपमेयरमा पार्वतीदेवी पाठक उम्मेदवार छिन्।

 

कांग्रेसले यहाँ मेयरमा दिपकबाबु कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ। कँडेल ०७४ मा कांग्रेसबाट मेयर जितेका थिए। कांग्रेसले यहाँ कसैसँग गठबन्धन गरेको छैन।

नेकपा माओवादीले पनि पालुङटारमा कसैसँग पनि गठबन्धन गरेको छैन। माओवादीबाट मेयरमा विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे उम्मेदवार छन्।

०७४ मा कांग्रेसका उम्मेदवार कँडेलले चार हजार छ सय ९८ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका विवश चिन्तनले चार हजार चार सय १९ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार जुद्धविलास भण्डारीले दुई हजार चार सय १० मत ल्याएका थिए। यहाँ नयाँ शक्तिबाट मेयर उम्मेदवार रहेका अशोक देवकोटाले तीन हजार नौ सय ७६ मत ल्याएका थिए।

 

२०७९ बैशाख २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर