+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डडेलधुरा पुगेर देउवाले भने- मेरो घर यहीँ हो, यहाँको विकास मैले नै गर्छु

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २७, मंगलबार

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा हिजोआज चुनावी प्रचारका कार्यक्रममा व्यस्त छन्।

 

यसैक्रममा देउवा सोमबार गृहजिल्ला डडेलधुरा पुगेका थिए। उनले त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूले विकास गर्ने बताए।

गन्यापधुरा गाउँपालिका वडा नम्बर २ बडालमा आयोजित चुनावी सभामा बोल्दै उनले भने, ‘मेरो घर यहीँ हो। यो मेरो गाउँ पनि हो। यहाँको शैक्षिक, प्राविधिक शिक्षालगायत सबै क्षेत्रको विकास मैले नै गर्नेछु।’

आफ्नो गाउँको विकासमा आफूले पहिलेदेखि नै सहयोग गर्नै आइरहेको उनले बताएका थिए।

 

‘म विद्यालय पढ्ने बेला यहाँ हिँडेर जान्थेँ। अहिले सबै ठाउँमा सडक पुगिसक्यो,’ देउवाले भने, ‘सडक कच्ची छन्। अब कालोपत्र गर्नुपर्छ, त्यो सबै काम मैले नै गर्ने हो।’

 

उनले भातकाँडा–रुवाखोला–बडाल सडकलाई कालोपत्र गरिने पनि बताएका थिए।

साथै देउवाले कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पनि आग्रह गरेका थिए।

 

डडेलधुरा पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले नेपाली कांग्रेस बिपीबाट उम्मेदवारी दिँदै नेकपा एमालेसँग चुनावी तालमेल गरेको छन् जसका कारण नेपाली कांग्रेसलाई थप चुनौती सिर्जना भएका छन्।

 

मल्ललाई कांग्रेसले पार्टीबाट निस्कासन गरेको थियो।

 

२०७९ बैशाख २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर