+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिरामी परेका म्यादी प्रहरीलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २६, सोमबार

उत्तरी गोरखामा खटिएका एक जना म्यादी प्रहरी बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

 

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ पाङसिङमा खटिएका ५१ वर्षीय बेलबहादुर घले बिरामी परेपछि उद्धार गरिएको हो।

प्रहरी उपरीक्षक केदार खनालले बिरामी परेका म्यादी प्रहरी घलेलाई थप उपचारका लागि काठमाडौं पठाइएको बताए।

 

‘दुई दिन हिँडेर उहाँ मतदान स्थल पुग्नुभएको थियो। पेट दुख्ने समस्या देखिएपछि स्टेचरमा राखेर सिर्दिवासस्थित स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ प्रहरी उपरीक्षक खनालले सेतोपाटीसँग भने।

घले धार्चे गाउँपालिका खोर्ला गाउँका गोरखाका बासिन्दा हुन्।

२०७९ बैशाख २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर