+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय चुनावले सरकारी कार्यालयका सेवा प्रभावित

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २६, सोमबार

स्थानीय तह चुनावले गर्दा सरकारी कार्यालयहरूका सेवा प्रभावित भएका छन्।

 

यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

 

जिल्ला प्रशासन कार्यालय पर्वतले आजदेखि कार्यालयबाट हुने सेवा केही दिनका स्थगित हुने बताएको छ।

निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने र अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा आंशिक रूपमा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए।

 

नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सन लगायतका सेवा वैशाख ३० गतेसम्म बन्द हुनेछन्।

निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन्।

 

सरकारले स्थानीय चुनावका दिन सार्वजनिक बिदा नै दिएको छ। त्यसदिन पासबाहेक अन्य सवारी साधन बन्द गरिएका छन्।

 

यस्तै चुनावले गर्दा गाउँपालिका तहमा पनि सेवा बन्द भएका छन्।

 

गोरखाको गण्डकी गाउँपालिकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जेठ २ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

आइतबारदेखि गाउँपालिकाले सेवा बन्द गरेको थियो।

 

सरकारी कार्यालयहरूले सूचना जारी गर्दै अत्यावश्यकबाहेक सेवा बन्द गरेका छन्।

२०७९ बैशाख २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर