+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतबाट घर फर्कने नेपाली बढे

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २५, आईतबार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा रोजगारीका पुगेका नेपाली फर्किने क्रम बढ्न थालेको छ।

 

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो। गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथिको संख्यामा घर फर्किरहेका छन्।

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढीरहेको बताए !

 

 

उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकामा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरू धमाधम नेपाल फर्किएका बताए।

 

भारतबाट नेपाल फर्कने नेपालीको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने काम भइरहेको छ। पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकोले नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाले खोप लगाउन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

जुनकुनै उम्मेदवारलाई मत हाले पनि मतको कदर हुन नसकेको उनीहरूको गुनासो छ। उनीहरुले उम्मेदवारहरुले चुनावअघि विभिन्न प्रतिवद्धता जनाए पनि चुनावपछि पहिलाका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश पोखेका छन्।

नेपालमै रोजगारुी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरुको माग छ।

 

दैनिक रूपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताले जनाएको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनावपछि बिर्सिने गरेको स्वदेश फर्किएका नागरिकको दुःखेसो छ।

यो समस्या सामाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ। जसले राजनीतिक दल र नेताहरुमा नागरिकले विश्वास गर्न छोडेको महशुस गर्न थालेका छन्।

२०७९ बैशाख २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर