+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडिलाई समृद्ध बनाउन मलाई भोट दिनुस : रावत

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २४, शनिबार

खगेन्द्र अबस्थि 
घोडाघोडिलाई समृद्ध घोडाघोडिको परिकल्पनाका लागि एकिकृत समाजबादीबाट घोडाघोडि नगरपालिकाका मेयरमा उम्मेद्वारी दिएका खडक रावतले आफुलाई जिताउन आह्वान गरेका छन।

रावत सानैबाट राजनितिमा सकृय रहेका छन उहाँले घोडाघोडि नगरपालिकाका बिभिन्न ठाउँमा बिकासका लहर अगाडि बढाएका थिए उहाँ उक्त कार्यमा संलग्न भएकाले आफु सो नगरलाई बिकासले समृद्ध नगरपालिका घोषणा गर्न आफुलाई जिताउन आम जनतालाई आह्वान गरेका हुन।

आवश्यक पूर्वाधार, संयन्त्र, चिकित्सक तथा जनशक्ति र स्रोतको व्यवस्थापन गर्दैे नगरक्षेत्रमा सुविधा सम्पन्न छुट्टै सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरि कोरोना जस्ता महामारी नियन्त्रण गरिने र महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सुरक्षामा सहयोग पुग्ने गरि सुरक्षित मातृत्व र आङ खस्ने रोग लगायतका समस्या हल गर्न अस्पताल र स्वास्थ्य चौकीहरुमा सुरक्षित प्रसुति सहितको नियमित स्वास्थ्य जाच तथा उपचारको व्यवस्था मिलाईने बताए।

युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि एक वडा खेल मैदान र नगरका मूख्य क्षेत्रमा आवश्यकता अनुसार कवर्ड हल निर्माण र खेल सामाग्रीको व्यवस्थापन गरिने भनि घोषणा पत्रमै उल्लेख गरिएको छ ।
निर्वाचन आउन एक हप्तामात्र बाँकी रहेको वेला घोडाघोडिका मेयर र उपमेयरका उम्मेदवारले चुनावी अभियानलाई तीव्र पारेका छन् ।

२०७९ बैशाख २४, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २४, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर