+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केन्द्रमा देउवा-प्रचण्ड गला जोड्दै, जिल्लातिर कार्यकर्ताबीच कुटाकुट

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २३, शुक्रबार

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्ध स्थानीय चुनावले झन् ‘घनिष्ठ’ बनाएको छ।

बिहीबार चितवनमा आयोजित सभामा देउवाले प्रचण्ड सजिलो मानिस भएकोसमेत बताएका थिए।

प्रचण्डले पनि कांग्रेसलगायत दलसँग लामो सहकार्य रहने बताएका थिए।

 

‘रूखवालाहरूले हँसिया हतौडामा भोट हाल्न असजिलो मान्नुभएन भने यो सहकार्य १५/२० वर्षसम्म जान्छ,’ प्रचण्डले भनेका थिए।

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमविरूद्ध उभिन देउवा र प्रचण्ड नजिकिएका थिए। त्यो बेलादेखिको सहकार्य उनीहरूले अहिलेसम्म जारी नै राखेका छन्।

एकै मञ्चबाट भाषण गर्नेदेखि एकअर्कालाई प्रशंसा गर्नसम्म उनीहरू पछि पर्दैनन्। केन्द्रमा देउवा र प्रचण्डबीच सहकार्य, सम्बन्ध सुमधुर र गठबन्धन कसिलो बन्दै जाँदा केही जिल्लाहरूमा भने कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट हुने गरेको छ।

सिन्धुपाल्चोकमा बिहीबार बेलुकी घरदैलो गरी फर्केका कांग्रेस कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको छ। बलेफी गाउँपालिका वडा नम्बर ५ बिन्जेल आँपबोटमा माओवादी कार्यकर्ता कांग्रेस कार्यकर्तामाथि जाइलागेका थिए।

बोतल, ढुंगा र लाठी प्रहार गर्दा कांग्रेस कार्यकर्ताका हात, टाउको र ढाडमा गहिरो चोटहरू लागेको छ। माओवादीका वडा सदस्य उम्मेदवार रामबहादुरले ‘सल्लाह गर्नुछ’ भन्दै बोलाएर कुटपिट गर्न सुरू गरेको दाबी कांग्रेसको छ।

 

दुबै पक्षलाई बोलाएर घटनाबारे अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

 

 

 

२०७९ बैशाख २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर