+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई कांग्रेसले तत्काल निलम्बन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २३, शुक्रबार

नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ।

 

पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीका उम्मेदवार र पार्टीले तालमेल गरेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिएको छ।

 

तर उम्मेदवारविरूद्ध असहयोग गरेमा कारबाही गरिने चेतावनी कांग्रेसको छ।

पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हितविपरित कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको रायसमेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधीभर तत्काल सदस्यताबाट निलम्वन गर्न सक्छ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ।

 

यस्तै बागी, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन निर्देशन पनि कांग्रेसले दिएको छ। पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिने, ती उम्मेदवारका प्रस्तावक बस्ने र समर्थक बसेकालाई पाँच वर्ष पार्टीबाट हटाइएको पनि कांग्रेसले बताएको छ।

२०७९ बैशाख २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर