+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज पनि देशभर मध्यम वर्षा हुने, आइतबारसम्म कायमै रहने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २३, शुक्रबार

हाल वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।

अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका अरू भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस्तो तीन दिनको मौसम अनुमान

वैशाख २३ गते शुक्रबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ/

वैशाख २४ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

 

२०७९ बैशाख २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर