+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलाली पुगेर ओलीले भने- रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २२, बिहिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नै नभएको दाबी गरेका छन्।

 

आज कैलालीमा एमालेले गरेको सभामा बोल्दै उनले घटना हुँदा कैलालीमा नरहेका चौधरीलाई मुद्दा लगाइएको बताएका थिए।

 

‘यहाँका थारू नेता जेलमै छन्। अनेकौं हजारौं मानिस मरे जेलमा हुनु परेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर। रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन,’ ओलीले भने।

आफू प्रधानमन्त्री हुँदा थारू समुदायका नेतासँग छ बुँदे सहमति गरेर समस्या समाधान गर्न खोजेको पनि ओलीको भनाइ थियो।

 

‘थारू समुदायसँग, थारू समुदायका नेतासँग छ बुँदे सहमति गरेर हामीले समस्या समाधान गर्न प्रतिवद्धता जनाएको हो तर सरकार गयो,’ उनले भने, ‘अहिलेको सरकारले समस्याको समाधान गरेन। भोटको राजीनीति मात्रै गर्छ।’

 

आफू नेतृत्वको सरकार र गृहमन्त्रीले नै थारू समुदायले उठाएका माग सम्बोधन गर्न पहल गरेको दाबी ओलीको थियो।

२०७५ फागुन २२ मा जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो।

 

थारू आन्दोलनका क्रममा २०७२ साल भदौ ७ मा कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो। त्यसबेला एसएसपीसहित आठ जनाको मृत्यु भएको थियो।

 

उक्त घटनापछि रेशम फरार थिए। उनले ०७४ मा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव पनि जितेका थिए। उनलाई सांसदको सपथ पनि खुवाइएको थियो।

रेशम चौधरीलाई छाड्ने कांग्रेस-माओवादी गठबन्धनको चार वर्षअघिको निर्णयमा एमालेले आपत्ति जनाएको थियो

 

चौधरीलाई छाड्ने कांग्रेस-माओवादी गठबन्धनको सरकारले पाँच वर्षअघि निर्णय गर्दा भने त्यसबेला एमालेले आपत्ति जनाएको थियो।

 

तत्कालीन एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले २०७४ जेठ ५ मा विज्ञप्ति जारी गर्दै सरकारको विरोध गरेका थिए।

२०७९ बैशाख २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर