+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेको विजयलाई कसैले रोक्न सक्दैन ः ओली

अत्रिदेव खबर
२०७९ बैशाख २२, बिहिबार

बर्दगोरिया,२२वैशाख ः नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
बिहीबार कैलालीको बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले नेपाली जनताको आसाको केन्द्र नेकपा एमाले नै भएको पुष्टि भइसकेको भन्दै स्थानीय तहको निर्वाचनमा एमालेको विजयी सुनिश्चित भइसकेको ओलीले विश्वास व्यक्त गर्नुभयो ।
एमालेको विकासबाट आत्तिएकाहरूले एमाले विरुद्ध बनाएको गठबन्धन स्थानीय तहको चुनावबाट हराएर जाने ओलीले दाबी गर्नुभयो । आफ्नो सम्बोधनको धेरै समय विकास र समृद्धिको कुरामा खर्चनु भएका ओलीले कैलालीका तेह्र स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताउनुभयो ।
राजनीतिक रूपमा एजेन्डा नभेटाएपछि अहिले आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको जनताबाटै विद्रोह भइरहेका कारण देशको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले बताउनु भयो ।
अध्यक्ष ओलीले बिहीबार कैलालीको बर्दगोरिया,धनगढी र कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिनुभयो ।

२०७९ बैशाख २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ