+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन: रामचन्द्र पौडेल

अत्रिदेव खबर
२०७९ बैशाख २२, बिहिबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताए।

 

उनले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताए।

चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

 

‘कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो,’ उनले भने, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’

गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उनले बताएका थिए। गठबन्धनकै कारण राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि कांग्रेसलाई फाइदा पुगेको उनले बताए।

२०७९ बैशाख २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ