+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

अत्रिदेव खबर
३ साल अगाडी

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

 

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कुल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ

।चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो ।

 

यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ