+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजेश हमाल उप–मेयर नलड्ने, गुलियालाई गरे समर्थन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २१, बुधबार
आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको घोडाघोडी नगरपालिकामा उप–मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेश हमाल चुनाव नलड्ने भएका छन् । नेपाली काँग्रेसका प्रदेश सदस्य समेत रहेका युवा नेता हमालले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएका छन् ।
आफूm पार्टीबाट नभई नेतृत्वबाट असन्तुष्ट रहेकाले स्वतन्त्र उम्मेदवारी दिए पनि पार्टीको जित र हितका लागी चुनाव नलड्ने उनको भनाई छ । देश भरी नै गठबन्धनको आवश्यकता छ । उनले भने,… “मेरो उम्मेदवारीले गठबन्धनलाई र मेरो पार्टीलाई असर पर्छ भने मैले आफ्नो निर्णय बदल्नै पर्छ । त्यसैले मैले गुलिया दिदीलाई समर्थन गरेको हुँ ।  नेता र नेतृत्व सँग केही गुनासो र असन्तुष्टि थियो तर अहिले सबै समाधान भएको छ । नगर बासीले उप–प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार गुलिया चौधरीलाई मतदान गर्न अनुरोध गर्दछु ।”
उनले मनोनयन दर्ता सँगै चुनाव चिन्ह मुडाको प्रचार समेत थालेका थिए । आफ्नो प्रचार प्रसारमा केही दिन निकै सक्रिय भएका हमाल काँग्रेस नेतृ आर्जु राणा सँगको भेटले भने उनलाई निर्णय बदल्न बाध्य बनाएको छ । उनी आजै देखी गठबन्धनको प्रचारमा लागी परेका छन् ।

२०७९ बैशाख २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर