+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वी नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, उम्मेदवार घाइते

अत्रिदेव खबर
२०७९ बैशाख २१, बुधबार

 

पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

 

हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको आरोप कांग्रेसको छ।

लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन्।

५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ।

झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन्। अध्यक्ष उम्मेदवार पाण्डे र उपाध्यक्ष उम्मेदवार रानाको चितवनमा उपचार भइरहेको छ।

यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि फुटाइदिएका छन्

वडा नम्बर ३ मा चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा एमाले कार्यकर्ताहरूले आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरी लगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ।

 

एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ।

प्रहरीले भने कांग्रेस र एमाले कार्यकर्ता जम्काभेट हुँदा भनाभन भएपछि झडप भएको पाइएको बताएको छ। एमालेका तीन जना कार्यकर्ताको मध्यविन्दू अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

२०७९ बैशाख २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ