+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मलाई मेयर मा निर्बाचित गर्नुस्,सेबक भएर काम गर्नेछु – मेयरका उम्मेदवार गोकर्ण भट्ट

अत्रिदेव खबर
३ साल अगाडी

नेकपा एमालेले गोदावरी ९ बल्मी धनचौरी सेहरी मुर्कुटी लगाएतका ठाउँहरुमा प्रचार गरेको छ । प्रचारमा मेयरका उम्मेदवार गोकर्ण भट्ट उपमेयर शारदा देबी रोकाया ,बर्तमान मेयर हरि सिं साउँद लगाएतले स्थानिय सँग भोट मागेका छन् । स्थानिय सँगको भेटघाट को क्रममा मेयरका उम्मेदवार भट्टले मेयर मा निर्बाचित भएपछि जनताको सेबक भएर काम गर्ने बताए ।

‘मैले पाउने तलब भत्ता लिने छैन त्यसको अक्षयकोष बनाएर दुखी निमुखा जनताको उपचारमा खर्च गर्ने छु,’ भट्टले भने,’ अहिले पनि गोदावरीमा एमालेको सरकार छ् । ५ बर्षमा पुरा हुन नसकेका कामहरुलाई निरन्तरता दिने छु ।  हेलो मेयर सेवा सन्चालन गरी प्रत्यक्ष रुपमा जनता सँग जोडिने छु ।’

भट्टले आफु मेयर हरि सिं साउँदको उत्तराधिकारी भएर काम गर्ने बताए । उनले आफु काममा विश्वास गर्ने भएकाले मेयर बनेपछि नगरको बिकास गर्न आँतुर रहेको बताए।

सोही ठाउँमा भएको भेटघाट कार्यक्रममा बोल्दै मेयर हरि सिं साउँदले गोदावरीमा बिकासमो आधार तय भएकाले अब निर्बाचित हुने मेयर लाई सहज हुने बताए । उनले आफु नगरपालिकाको प्रमुख भएपछि सबै क्षेत्र र वडाहरुको बिकासको लगी समान निती लिइएको बताए ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ