+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलाडी-प्रशिक्षक विवादबारे एन्फाले छानबिन समिति गठन गर्ने

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २०, मंगलबार

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ ।

मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् ।

शेर्पाले मंगलबार साँझ अनलाइनखबरसँगको कुराकानीमा बुधबार छानबिन समिति गठन गर्ने बताए । ‘अहिलेको विवाद टुंग्याउने हिसाबले छानबिन समिति बनाउन लागेका हौं’ उनले भने ।

अघिल्लो साता प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।

२०७९ बैशाख २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर