+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केपी ओली फेरि प्रधानमन्त्री बन्नुपर्छः डंगोल

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख १९, सोमबार

नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन्। आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन्

“समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ। फेरि विकासको लहर आउनुपर्छ । नेकपा (एमाले) को नेतृत्वमा सरकार बनाउनुपर्छ। पुनः नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” उनले भनिन्, “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ। समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ।”

आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७० प्रतिशत स्थानमा विजयी हासिल गर्नुपर्ने उनले बताइन्। अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ।

२०७९ बैशाख १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर