+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाबालिक गायिकाको बयान- बिहे गर्ने आश्वासन दिएर पल शाहले तीनपटक करणी गरे

Bhojpur paani
अत्रिदेव खबर
२०७८ चैत्र ८, मंगलबार

अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी नाबालिक गायिकाले मायाका नाटक गरी बिहे गर्ने झूठो आश्वासन दिएर तीनपटक जबर्जस्ती यौन सम्बन्ध राखेको बयान दिएकी छन् ।पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीमा नाबालिक गायिकाले दिएको बयानमा पोखराको प्राइम होटल,गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा करणी गरेको बयान दिएकी छन् ।

नाबालिक गायिकाको बयान यस्तो छ:-

मेरो सानै देखि सांगितिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा भिडिओ सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेकाले हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७/०९/१० गते पोखरास्थित प्राइम होटलमा, मिति २०७७र१२र०७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका र मिति २०७८/०१/१४ गते तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा छुट्टै कोठामा सुतेको अवस्थामा उक्त राति अन्दाजी १२ बजेतिर प्रतिवादीले म तिम्रो कोठामा आउँछु भनी म्यासेज गरी मेरो कोठामा आई मलाई विवाह गर्ने झूठो आस देखाई मैले हुँदैन भन्दा पनि निजले मेरो तलको कपडा खोली दिई आफ्नो उत्तेजित लिङ्ग मेरो योनीमा छिराई जवर्जस्ती करणी गरी वीर्य स्खलन गराएका हुन् । प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फकाउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको रुपमा रहेका हुन् ।

२०७८ चैत्र ८, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ८, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर