+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा म्यादी प्रहरीमा फारम भर्नेको लहर (फोटो फिचर)

Bhojpur paani
अत्रिदेव खबर
२०७८ चैत्र ६, आईतबार

स्थानीय निकाय निर्वाचन प्रायोजनका लागी नेपाल प्रहरीले भर्ना गर्न लागेको म्यादी प्रहरीको फारम भर्नेको  कैलालीमा पनि उत्साह देखिएको छ

 

No description available.

नेपाल प्रहरीले ४० दिनका लागी १ लाख जना म्यादी प्रहरी भर्ना फर्म भर्ने कार्य आज (चैत्र ६)गते सुरु गरेपछि त्यसका लागी भिडभाड बढेको हो ।

No description available.

जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीका लागी फर्म वितरण सुरु गरेसँगै जिल्ला प्रहरी कार्यालय कैलालीमा आवदेकहरुको घुइँचो लागेको हो  ।  कैलालीका लागि मात्र दुई हजार ४ सय ५७ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

No description available.

छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन् । विशेष गरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने छ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

No description available.

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २००, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने छ ।

No description available.

 

२०७८ चैत्र ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर