+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख सङ्क्रमित !

Bhojpur paani
अत्रिदेव खबर
२०७८ चैत्र ६, आईतबार

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ सङ्क्रमित भएका हुन् ।

थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ ।

पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे तीन लाखभन्दा बढी भएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेपछि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक बृद्धि भएको हो ।

२०७८ चैत्र ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर