+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण

अत्रिदेव खबर
२०७८ चैत्र ६, आईतबार

प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् । सप्तरी घर भइ विराटनगर ४ कंचनबारीमा कोठाभाडामा बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरि उनका परिवारलाई दुई लाख रुपैयाँ फिरौती रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनामा जोडिएका सुमन मुख्य नाइके भएको खुलेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुमनले आलोकलाई अपहरण गर्नुको कारण प्रेमिकासँग जोडिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुमनको प्रेमिका विराटनगरमा बसेर पढ्दै आएका थिइन् ।

पढाइमा लाग्ने सम्पूर्ण खर्च सुमनले नै व्यहोरेका थिए । केही समयअघि मात्रै सुमनकी प्रेमिका आलोकसँग लागेको थाहा पाएपछि आलोकलाई अपहरण गर्ने र सबै खर्च उठाउने योजना अनुरुप विराटनगरको कन्चनबारीदेखि बिहीबार साँझ आलोकलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

२०७८ चैत्र ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ