+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मालिकार्जुन दार्चुला सेवा समितिद्वारा रक्तदान कार्यक्रमको आयोजना

Bhojpur paani
अत्रिदेव खबर
२०७८ चैत्र ५, शनिबार

मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। समितिले धनगढीको चौलानी डिपार्टमेन्टल स्टोर अगाडी रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ५४ पुरुष १८ महिला गरी ७२ पिन्ट रगत सङ्कलन भएको समितिका सह सचिव तथा रक्तदान कार्यक्रम संयोजक जनक सामन्तले बताए । चौथो रक्तदान कार्यक्रममा उल्लेख्य सहभागी बनेको उनले बताए ।

मालिकार्जुन दार्चुला सेवा समितिले बिगतबाटै सामाजिक कार्यक्रम तथा संस्कृति संरक्षणका लागी काम गर्दै आएको समितिका अध्यक्ष महेन्द्र पन्तले बताए । समितिले संस्कृति संरक्षणका लागी चार दिन होली मनाएपछि आज रक्तदान कार्यक्रम आयोजना गरेको पन्तले बताए ।

रक्तदान कार्यक्रममा प्रदेशसभा सदस्य डिल्लीराज पन्त, धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वड, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह, उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल, माओवादी केन्द्रका नेता रमेश धामी, नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्ट माओवादी केन्द्र धनगढी उप महानगर कमिटी सचिव रमेश प्रसाद भट्टराई लगायत विभिन्न समाजसेवीहरूको सहभागिता थियो ।

२०७८ चैत्र ५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर