+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढीका थप दुई होटेलमा प्रहरीको छापा

Bhojpur paani
अत्रिदेव खबर
२०७८ चैत्र ५, शनिबार

 जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका थप दुई होटेलमा छापा मारेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको  फुडल्याण्ड होटेल  र लक्ष्मी होटेलमा शनिवार छापा मारेको हो ।

सो होटेलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने दुई होटेल व्यवसायी सहित उक्त कार्यमा संलग्न पाँच जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भईरहेकोजनाएको छ । यस अघि  बिहीवार धनगढी उपमहानगरपालिका वडानम्बर-१ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर-३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र क्याम्पस चोकमा रहेको प्रिन्स होटेलका सञ्चालक सहित नौँ जना युवतीलाई  पक्राउ गरिएको थियो ।

२०७८ चैत्र ५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर