+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीको टीकापुरमा स्थानिय निर्वाचनको चर्चा, को–को हुन मेयरका सम्भावित उम्मेदवार?

Bhojpur paani
अत्रिदेव खबर
२०७८ फागुन १३, शुक्रबार

सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने घोषणा गरेको छ । निर्वाचनको करिब साढे २ महिना बाँकी छ । निर्वाचन जतिजति नजिकिदै छ, त्यतित्यति उम्मेदवारका आकांक्षी हरुको नाम समेत चर्चामा आउने गरेको छ ।

स्थानीय निर्वाचन नजिकिंदै गर्दा टीकापुर नगरपालिकामा राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो सकृयता बढाएका छन् । नेताहरुले सामान्य भेटघाटदेखि चिया पसलसम्म बहस छलफल समेत शुरु गरेका छन् ।

सबै दलहरूभित्र नगरपालिका मा मेयर को हुने भन्ने बहस र आँकलन शुरु भएको छ । यद्दपि केन्द्रको राजनीतिले ठोस आकार अझै नलिएको हुँदा अहिले नै केही भन्न नसकिने स्थानीय नेताहरूले बताउने गरेका छन् ।

गठबन्धन रहने, नरहने वा अर्को गठबन्धन बन्ने कुनै टुंगो नरहेकाले स्थानीय स्तरमा अलमल जस्तै छ । टीकापुरमा मुख्यतः नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने स्थानीय सर्वसाधारणको ठहर छ ।

तर केही राजनीतिककर्मीले रेशम चौधरीको अगुवाइमा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको नाममा गठित नागरिक उन्मुक्ति पार्टीमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका रामलाल डगौंरा थारुको नाम समेत टीकापुर नगरपालिका मेयरको बलियो उम्मेदवारका रुपमा चर्चामा रहेको बताएका छन् । साथै सोही पार्टीबाट मेयरको उम्मेदवारमा टीकापुरस्थित नुक्लीपुरका लक्ष्मण चौधरीको नाम समेत चर्चामा छ ।

यसैगरी टीकापुरमा माओवादी केन्द्र र नेपाली काँग्रेसले यो पटक जित आफ्नो पक्षमा पार्ने दाबी गर्दै आएका छन् ।
टीकापुरमा नेपाली काँग्रेसबाट मेयरको उम्मेदवारमा नवराज रावल, जंगबहादुर साउँद, भुवनेश्वर अधिकारी, केसरी बिष्ट ९रावल०, प्रा। डा। जगतबहादुर सिँह रावल, राजकुमार हमालको नाम चर्चामा रहेको छ ।

यसैगरी टीकापुर नगर–पालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट खडक शाह ९संघर्ष०, बालकृष्ण चौधरी ९विकास० र ललित थापा ९शिव० को नाम समेत चर्चामा छ ।

त्यसैगरी एमालेबाट टीकापुर मेयरका लागि श्याम खत्री, टीकापुर नगरपालिका मेयर तपेन्द्र बहादुर रावल, धु्रबराज खत्री र मातृका तिमिल्सेनाको नाम समेत चर्चामा छ ।

यसैगरी टीकापुर नगरको मेयरमा नेकपा एकीकृत समावादीबाट भैरब रावलको नाम पनि चर्चामा आएको छ ।

त्यसैगरी मौलिक जरोकिलो पार्टीबाट टीकापुर नगरको मेयरमा राजु बिष्टले आफ्नो उम्मेदवारी रहेको घोषणा गरिसकेका छन् । साथै उनी आफुलाई मतदान गर्न भन्दै प्रचारप्रसारमा व्यस्त रहेका छन् ।

२०७८ फागुन १३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ फागुन १३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर