+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

Bhojpur paani
अत्रिदेव खबर
२०७८ माघ ४, मंगलबार

राजिपुर/माघ ४
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आज एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीमा १३ बर्से साबधिक जीवन बिमा योजना गराउनुभएकी मंगली देबि धामीको आन्द्रामा क्यान्सरको समस्या देखिएपछी उपचारका क्रममा मृत्यु भएपछी उहाका छोरा टेक बहादुर धामिलाइ आज एक कार्यक्रम कम्पनिका प्रदेश प्रमुख चन्द्र बोहराले २ लाख ६६ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।
दाबी भुक्तानी कार्यक्रममा चेक हस्तान्तरण पछि प्रदेस प्रमुख बोहराले बिमा जोखिम बहनको एक भरपर्दो माध्यम भएकोले सबैको जीवन बिमा आवश्यक रहेको बताउनुभयो । उहाले बिमाका धेरै फाइदा रहेको र त्यसबारे नागरिकलाइ जानकारी गराउदै जानुपर्ने धारणा ब्यक्त गर्नुभयो । बिमाले ब्यक्ति फर्काउन त सक्दैन तर परिवारमा रहेको आर्थिक जोखिमलाइ कम गर्ने बोहराको धारणा रहेको छ ।
चेक बुझ्दै छोरा टेक बहादुरले भन्नुभयो “आमाले युनियन लाइफ इन्स्योरेन्सको मसुरिया शाखा मार्फत २ लाख ५० हजार बराबरको साबधिक जीवन बिमा गराउनु भएको आफ्नी आमाले दुई किस्ता बाफतको रकम ४३,५३२ रुपैयाँ भुक्तानी गर्नुभएको थियो,आमा त रहनुभएन तर परिवारलाई आर्थिक जोखिम बहन गर्ने काम बिमा कम्पनिले गर्यो यसको लागि युनियन लाइफ इन्स्योरेन्सलाई धेरै धेरै धन्यबाद । ”

“बिमा कम्पनिले मानिसलाइ धेरै समय झुल्याउछन भन्ने हल्ला सुनेको थिए तर युनियन लाइफ इन्स्योरेन्सले सहजै रुपमा अफ्नो दाबी भुक्तानी गरेपछी इन्स्योरेन्स प्रती आफ्नो बिश्वास अग्लिएको टेक बहादुरले बताउनुभयो । बोहराले यति सहजैरुपमा सरल तरिकाले काम गरिदिने मसुरिया शाखा प्रमुख माया बम तथा कार्यलय प्रती आभारि रहेको बताउनुभयो ।

कम्पनिका मसुरिया शाखा प्रमुख माया बमले आफुहरु बिमितको समस्यालाइ चाडो भन्दा चाडो समाधान गर्न लागिपर्ने बताउनुभयो । मानिसले आर्थिक जोखिम बहन कम गर्नलाइनै गर्ने भएका कारण उहाहरुको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न कम्पनिको प्रमुखरुपमा ध्यान रहेको बताउनुभयो ।
आज भएको दाबी भुक्तानी कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स प्रदेस प्रमुख चन्द्र बोहरा ,उप प्रमुख देवराज पन्त ,मसुरिया शाखा प्रमुख माया बम ,वडा नम्बर ४ का वडा सदस्य टेकराज ढुंगाना तथा अभिकर्ता गौरा धामी बोहरा लगायतको सहभागिता रहेको थियो ।

२०७८ माघ ४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ माघ ४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर