+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओलीको चिन्ता : ‘परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्छ’

Bhojpur paani
अत्रिदेव खबर
२०७८ आश्विन १२, मंगलबार

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चार माध्यमप्रति असन्तुष्टि जनाएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी गरे।

प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँग मंगलवार अपरान्ह अन्तर्क्रिया गर्दै ओलीले सरकारलाई सञ्चार माध्यमहरुले खबरदारी गर्न नपुगेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, ‘सरकारलाई खबरदारी गरेन भने लापरबाही जस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार। अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ। संविधान, कानुनको मतलव छैन।’

अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गरे। उनले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्ने भएकाले आफू चिन्तित भएको तर्क समेत गरे।

अध्यक्ष ओलीले सरकारले बजेटमार्फत् कालो धनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाए। सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने ओलीको दावी थियो। तर, आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओलीले बताए।

अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा पुनः माग गरे। उनले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो र भनि प्रश्न समेत गरे। अध्यक्ष ओलीले सरकारको धारणा नआई आफूहरुले सो बारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्‍याए।

उनले भने, ‘यो सम्बन्धमा सरकारको दृष्टिकोण के हो? १६५ सिट भएको सरकारको। पारित गर्ने हो कि होइन, हामीलाई केही सेयर गर्नु भएको छैन।’

अध्यक्ष ओलीले मुलुक अब निर्वाचनमा जानुको विकल्प नरहेको बताए। संसद्ले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्लि निर्वाचनमा जानुपर्ने उनको तर्क थियो।

अध्यक्ष ओलीले भने, ‘सरकारले काम गर्न सकेन। त्यसैले निर्वाचनमा जानुपर्छ। एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेछ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा अनुसार काम नगरेकाले संसद् अवरोध गर्न बाध्य हुनुपरेको पनि दोहोर्‍याए। -न्युज एजेन्सी नेपाल

२०७८ आश्विन १२, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ आश्विन १२, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर