+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज सुख्खडबाट फर्कियो

Bhojpur paani
अत्रिदेव खबर
२०७८ भाद्र २९, मंगलबार

अत्रिदेव खबर\२९ भदौ
सुखड ःकाठमाडौँबाट धनगढीका लागि उडेको जहाज प्रतिकुल मौसमका कारण कैलालीको सुख्खडबाट फर्केर नेपालगञ्जमा अवतरण गरेको छ । घोडाघोडी नगरपालिकाको आकाशमा झण्डै आधा घण्टा होल्ड गरेको बुद्ध एयरको जहाज मौसममा सुधार नभएपछि फर्कैर नेपालगञ्ज अवतरण भएको हो ।

साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज करीव ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी बिमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए ।

मौसममा सुधार हुने आशा गरेर झण्डै आधा घण्टाभन्दा बढि सुख्खड–टीकापुर क्षेत्रमा जहाजलाई होल्ड गरेका पाईलटहरुले मौसममा सुधार नआएपछि नेपालगञ्ज लगेर अवतरण गरेका थिए ।

धनगढीका यात्रुहरु बोकेको उक्त जहाज नेपालगञ्जमा ईन्धन भरेर धनगढीका लागि उड्ने तयारीमा रहेको माझीले बताए ।यतिबेला काठमाण्डौं जानका लागि यात्रुहरु धनगढी बिमानस्थलमा जहाज कुरेर बसेका छन् । काठमाडौँबाट जहाजमा आईरहेका आफन्तहरुलाई लिन बिमानस्थल पुगेका यात्रुका आफन्तहरु पनि बिमानस्थल बाहिर बिमानको पखाईमा बसेका छन् ।

२०७८ भाद्र २९, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र २९, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर