+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालबालिकाले अब हप्तामा तीन घण्टामात्र गेम खेल्न पाउने

अत्रिदेव खबर
२०७८ भाद्र १६, बुधबार

चीनमा बालबालिकाले अब हप्तामा तीन घण्टामात्र गेम खेल्न पाउने भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनसार १८ वर्षभन्दा मुनीका गेमरहरूले अब शुक्रबार, शनिबार र आइतबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मात्र अनलाइन खेल्न पाउने छन् ।

बालबालिकाहरुले गेममा अत्यधिक लगाब देखाउन थालेपछी पठनपाठन र दैनिकीमा समस्या देखिएको साथै उनीहरुमा एकोहोरो पन बढेको भएको भन्दै चिनियाँ नेसनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले गेम खेल्ने समय घटाएको हो ।साथै, गेम खेल्ने बच्चाहरुले आफ्नो उमेर नढाटुन् भन्नका लागि आईडी कार्ड दर्ता गर्नुपर्ने व्यवस्था ल्याइएको छ ।

तर, विद्यालय बिदा भएको दिनमा भने बालबालिकाहरुले केही बढी समय खेल्न पाउने जानकारी दिइएको छ । बिदाको दिनमा दैनिक तोकिएको समयभन्दा ६० मिनेट बढी खेल्न सक्नेछन् ।
साथै चीनले कम्पनीहरूलाई तोकिएको घण्टाबाहिर गेमिङ सर्भिस नदिन आग्रह गरेको छ

२०७८ भाद्र १६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ