+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो प्रतिवेदन

Bhojpur paani
अत्रिदेव खबर
२०७८ भाद्र १६, बुधबार

दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानुनी जलिटला रहेको विषय समेटिएको उच्च स्रोतले जनाएको छ ।

यस सम्बन्धी संक्षिप्त बेहोरासहितको विवरण केही बेरमा सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए ।

उनको अवस्था अहिलेसम्म अज्ञात छ । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए ।

२०७८ भाद्र १६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर